228
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा नेपाल ३०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (आइतबार) थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १४१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमित निको भएका छन् ।