146
नयाँदिल्ली। भारतमा कोरोना संक्रमणले हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । ओल्र्डओमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय ३८ जनाले ज्यान गुमाएका छन् ।
भारतमा हिजो पुष्टि भएको संक्रमणदर कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । विगत एक सातायता भारतमा दैनिक रुपमा लगातार एक लाखभन्दा बढीलाई संक्रमण देखिएको छ । यसअघि अप्रिल ५ मा १ लाख ३ हजार ५ सय ५८, अप्रिल ७ मा १ लाख १५ हजार ७ सय ३६, अप्रिल ८ मा १ लाख २६ हजार ७ सय ८९ र अप्रिल ९ मा १ लाख ३१ हजार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतका ३६ राज्य तथा प्रदेशहरूमध्ये पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मु–कश्मीर र गुजरातमा संक्रमण तीव्र छ ।
previous post