मध्यराति घरभित्र छिरेर सुनचाँदी व्यापारीको गोली हानी हत्या, श्रीमतीमाथि पनि हतियार प्रहार

by समतल अनलाइन
Shares

लहान। लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने एक युवकको अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेको छ ।मध्यराति सुतिरहेको बेला घरभित्र प्रदेश गरी हतियारधारी समूहले ४० वर्षीय प्रदीपकुमार विश्वकर्मालाई हत्या गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालकाअनुसार डकैती गर्न आएका आएका हतियारधारी समूहसँग प्रतिकारमा विश्वकर्माको मृत्यु भएको छ । उनीमाथि हतियारधारी समूहले गोली प्रहार गरेको बुझिएको छ । पोष्टमापर्टम रिपोर्ट आएपछि कुन हतियार प्रयोग भएकोबारे यकिन हुन्छ ।

हतियारधारी समूहले विश्वकर्माकी श्रीमती अमिता विश्वकर्मामाथि पनि धारिलो हतियार प्रहार गरेको छ । घाइते उनको लहान अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले शंकास्पद दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी दहालले बताए । हतियारधारी समूह विश्वकर्मा बस्दै आएको घरमा सिढी हालेर भित्र प्रवेश गरेको स्थानीयले बताए ।

You may also like

This will close in 0 seconds