122
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालसँग गहिरो ‘लभ’ परिरहेका बेला सर्वोच्च अदालतले ‘डिभोर्स’ गरिदिएको गुनासो गरेका छन् ।
दाहालले शनिबार आयोजित एक कार्यक्रममा नेपाल र आफूबीचको सम्बन्धलाई अदालतले छुटाइदिएपछि आआफ्नो घर फर्कनुपरेको गुनासो गरेका हुन् । ‘अदालतले पति पत्नीलाई डिभोर्स गरेझै हामीलाई पनि आ–आफ्नो घरमा फर्काइदियो । त्यसैले मैले सेटिङ भयो भनेको हुँ’, दाहालले भने, ‘हाम्रो त लभ परिराख्या थियो ।’