काठमाडौं । म्यानमारको बागो शहरमा सैन्य कूविरुद्ध भएको पछिल्लो प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर थप ८० प्रदर्शनकारी मारिएका छन् ।
म्यानमारको समाचार आउटलेट असिस्टेन्स एशोसिएशन फर पोलिटिकल प्रिजनर्शका अनुसार शुक्रबार एकै दिन ८० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको हो । सेनाले शवहरु आफै लगेकाले मृतकको यकिन तथ्यांक अझै पत्ता लाग्न नसकेको बताइएको छ ।
यंगुनकोे उत्तर पश्चिम क्षेत्रमा रहेको बागो शहरमा भेला भएका प्रदर्शनकारीमाथि सेनाले बिहानैबाट कारवाही गरेको थियो । म्यानमारमा जननिर्वाचत सरकारलाई अपदस्थ गरी गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याए यता चर्किएको प्रदर्शनमा ६१८ जनाको मृत्यु भइसकेको छ ।
सेनाले सत्तामा आफ्नो पकड कायमै रोक्न दमन थप बढाएको छ । यसैबीच म्यानमारमा जारी आन्दोलनमाबीच सयौं सर्वसाधारणले आफनो देश छोडेर पलायन भएका छन् ।