बुटवल । विदेशलाई नै सर्वथोक मानेर विदेशिने युवाहरुको जमात बढीरहेको समयमा बुटवलका एक युवा भने स्वदेशमा नै क्याफे सञ्चालन गरेर उन्नती गरिरहेका छन् । स्वदेशमा बसेर केही गर्छु भन्ने अठोटका साथ बुटवलको सुख्खानगर स्थित प्रविण पौडेलले विगत एक बर्षदेखि भिटामिन बेकरी एण्ड क्याफे सञ्चालन गरेर नयाँ तौरमा आम्दानी गरिरहेका छन् ।
स्वदेशमा बसेर केही गर्छु भन्ने अठोटका साथ बुटवलको सुख्खानगर स्थित प्रविण पौडेलले विगत एक बर्षदेखि भिटामिन बेकरी एण्ड क्याफे सञ्चालन गरेर नयाँ तौरमा आम्दानी गरिरहेका छन् ।
स्वदेशीमाटोमा क्याफेका माध्ययमबाट उद्यम गर्ने यो रहर उनमा कसरि पलायो ? उनि भन्छन्, स्वतन्त्र व्यवसाय मेरो सानै देखिको रहर थियो । केहि समय विदेश बसेर आएकाले सिप त्यही सिके । अहिले त्यहीँ सिपको प्रयोग गरिरहेको छु ।
भिटामिनको व्यवस्थापन र सेवालाई हेर्दा उनले भनेको कुरा सहि ठहर्छ । क्याफे पुग्दा विदेशी क्याफेमा छिरेजस्तो अनुभुत हुने त्यहाँ आउने उपभोक्ता बताउँछन् ।
प्रविनले विदेशमा १० बर्ष विताए । बहराइन ३ बर्ष र युएईमा ७ बर्ष विताएका हुन् । बहराईनमा रहँदा अर्गा्निक हेल्थ फुड्समा कार्यरत भएको कारणले विदेशमा भएको आफ्नो सिपलाई स्वदेशमा प्रयोगमा ल्याउन सफल भएका छन् ।
पहिले युएई र बहराइन रोजगारको सिलसिलामा गएका उनी अहिले बुटवलमा एक उदाहरणीय युवाको रुपमा आफुलाई चिनाउन सफल भएका छन ।
उनी भन्छन स नेपालमा धेरै सम्भावनाहरु भएता पनि त्यो अवसरलाई चिन्न नसक्नु दुर्भाग्यपुर्ण रहेको उनले अलि भाबुक मुन्द्रामा हामी संग गफिए । अहिले एक बर्षको अन्तरालमा बुटवलका विभिन्न ठाउँहरु बाट बर्डे केक , भिटामीन मस्म बढी मात्रामा माग आएको कारण आफुलाई त्यो माग थेग्न गार्हो परेको उनले बताए । उनी बताउछन् मेरो धर्म पत्नीले मलाई पुर्ण रुपमा साथ दिएकि छिन त्यहि कारणले गर्दा आज यो स्थान छु । विहान सबैरे उठेर काममा लाग्छु । राती अवेरमात्रै घर फर्कन्छु ।
 
			        

 
												 
														

