121
काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५३६ को पीसीआर परीक्षण गर्दा २६७ जना संक्रमित फेला परेका छन् ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रतिनिधि सभा बैठकमा सो जानकारी गराएका हुन् । ‘यसले के संकेत गर्छ भने हामीकहाँ विस्तारै कोरोना संक्रमण हुने क्रम फेरि बढ्दैछ,’ मन्त्री त्रिपाठीले संसदमा जानकारी गराए ।


केहि दिनयता संक्रमितको संख्या निरन्तर बढिरहेको छ । आइतबार संसद बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ–असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ ।’
previous post