डढेलोले उजाडिँदै वन, करोडौंको काठ र लाखौं बिरुवा नष्ट

उदयपु। दुई सातायता उदयपुरका सामुदायिक र सहकारी वनमा लागेको डढेलोबाट करोडौं रुपैयाँ मूल्य बराबरको काठ नष्ट भएको अनुमान गरिएको छ । डढेलोबाट लाखौं बोटबिरुवा पनि नष्ट भएका छन् ।

शुरुमा सदरमुकाम आसपासको जंगलमा डढेलो लागेको थियो । जिल्लका झन्डै तीन सय सामुदायिक र सरकारी वनक्षेत्रमा लागेको डढेलोले फैलिएकाले क्षतिको यकिन विवरण संकलन हुन सकेको छैन ।

उदयपुरमा डिभिजन वन कार्यालय गाईघाटमातहत एक सय चार र डिभिजन वन कार्यालय कटारीमातहत एक ५७ सामुदायिक वन उपभोत्ता समूह छन् । जसमध्ये झण्डै तीन सय हाराहारी वनमा डढेलो लागेको छ ।

डढेलोले ढलापडा, सुकेका खडा काठ र लाखौं बोटबिरुवा सआप पारेको जनाइएको छ । जंगलमा रहेका वन्यजनतु तथा चराचुरुंगी पनि डढेको चपेटामा परेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले बताए । नागरिक दैनिकबाट

 

 
 
  
 

You may also like