81
गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा शनिबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
सुलिकोट ४ को राङरुङमा शनिबार साँझ ६ बजे ना ५ च ३२९८ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्न सकेको छैन । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

बारपाकमा भ्रमण गरेर फर्केका लमजुङका यात्रु चढेको जीप सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना भएको गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।