संरक्षण दिइरहेको बालिकामाथि वर्ष दिनदेखि बलात्कार, श्रीमतीद्वारा रङ्गेहात फेला

by समतल अनलाइन
Shares

झापा। आफैले संरक्षण दिइरहेको एक १३ वर्षीया बालिकालाई एक वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन् ।

झापाको विर्तामोडका आफ्नै संरक्षणमा रहेकी नातेदार बालिकालाई एक वर्षदेखि जबरजस्ती करणी गरेको आरोपा ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । विगत तीन वर्षदेखि आफैले संरक्षण गरेर घरमा राखेको नातेदार बालिकालाई ती व्यक्तिले जबरजस्ती करणी गर्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले जानकारी दिए । चैत १६ गते पछिल्लो पटक जबरजस्ती करणी गर्दैगर्दा ती पुरुषकी श्रीमतीले देखेपछि सो घटना बाहिर आएको प्रहरीले जनाएको छ ।

ती पुरुषविरुद्ध चैत १८ गते इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडमा किटानी जाहेरी परेको थियो । सो घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

You may also like