124
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ६४७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
आज प्रदेश १ मा ८ जना, प्रदेश २ मा २ जना, वाग्मती प्रदेशमा ११९ जना, गण्डकीमा २७ जना, लुम्बिनीमा ११ जना र सुदूरपश्चिममा १२ जनामा संक्रमण देखिएको हो।
previous post