काठमाडौं । आज रातिको समयमा भने देशका अधिकांश भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रको असरले आज ९शनिबार० रातिदेखि मध्य र पूर्वी नेपालमा पानी पर्ने सम्भावना रहेको विभागको भनाई छ । पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा पानी पार्ने बादलसहितको हावा आउने तर गएको बुधबार र बिहीबारको जस्तो लगातार वर्षा भने नहुने बताइएको छ ।
यस्तो छ महाशाखाको ३ दिने मौसमको पूर्वानुमान
असोज ०४ गते शनिबार
राति देशका मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
। देशका पश्चिमी भू(भागमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।
असोज ०५ गते आईतबार
देशभरी सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पूर्वका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।
असोज ०६ गते सोमबार
देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वका पहाडि भेगका एक वा दुर्इ स्थानमा भारी वर्षाको सम्भावना छ ।
 
			        

 
												 
														

