141
काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा १५२ जना कोरोना संक्रमित थपिएका छन्। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ।