एटीएम ह्याक गरी पैसा चोर्ने चिनियाँ नागरिक पक्राउ

by समतल अनलाइन
122Shares

काठमाडौं। राजधानी काठमाडौंका एटीएम बुथ ह्याक गरी पैसा झिक्न लागेका चिनियाँ नागरिक पक्राउ परेका छन् ।विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले पैसा निकाल्न लागेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो ।

पक्राउ पर्नेमा २९ वर्षीय चिनियाँ नागरिक वाङ जियाओलो रहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ । उनलाई मंगलबार साँझ काठमाडौंको ज्याठास्थित मेगा बैकको एटिएम ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट ह्याक गर्ने सामानलगायत बरामद गरेको छ ।

 

Comments

You may also like