165
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्ने क्रम तीब्र बन्न थालेको छ । गएको २४ घण्टामा ६८ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् भने यही अवधिमा २९५ जनाको ज्यान गएको छ ।
भारतमा ५ लाख २३ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । होलीका कारण त्यहाँ कोरोनाको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै धेरैजसो ठाउँमा सार्वजनिक रुपमा भेला हुन र भीडभाड गर्न रोक लगाइएको छ ।