‘ टिन लिडर-सिजन २’ २०७७ को उपाधी सरोजलाई

by समतल अनलाइन
Shares

बुटवल । इन्टलेक्ट एजुकशनल ईन्ष्टिच्युसनले आयोजना गरेको दोस्रो संस्करणको टिन लिडरको उपाधी तेस्रो लिङ्गि सरोज न्यौपानेले हात पारेकी छन् । शनिबार साँझ भएको ग्राण्ड लिनालेमा १४ प्रतिस्पर्धीलाई पछि पार्दै लुम्बिनी प्रदेश स्तरीय टिन लिडर सिजन टु को उपाधी रुपन्देहीको तिलोत्तमाकी न्यौपानेले हात परेकी हुन् ।

टिन लिडर सिजन टुकी बिजेता न्यौपानेलाई उपाधीसंगै ५१ हजार रुपैंया नगद पुरस्कार समेत प्रदान गरिएको छ । त्यसैगरी प्रतियोगितामा प्रतियोगितामा उत्तम श्रेष्ठ फस्ट रनरअफ भएका छन् । अघिल्लो वर्ष सञ्चालन गरिएको टिन लिडर सिजन १ को उपाधी लितोत्तमा ड्राईभरटोलकी सृष्टि थापाले हात पारेकी थिईन ।

युवा युवती तथा किशोरकिशोरीलाई क्षमता बिकासको क्षेत्रमा काम गर्ने गरी संस्था स्थापना गरिएको बताउँदै इन्टलेक्ट एजुकशनल ईन्ष्टिच्युसनका अध्यक्ष दिपक रोकाले टिन एजर युवायुवतीलाई लक्षित गरेर अघिल्लो वर्षदेखि टिन लिडर प्रतियोगिता सञ्चालन गरिएको जानकारी गराउनु भयो ।

प्रतियोगितमा भाग लिनको लागि लुम्बिनी प्रदेशका १२ वटै लिल्लाबाट १४–१९ उमेर समुहका युवा युवती सहभागि भएको र ग्राण्ड फिनालेमा १५ जनालाई छनौट गरिएको उहाँले जानकारी गराउनु भयो ।

You may also like

This will close in 0 seconds