149
चितवन। चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो ।
ना ५ ख २१५० नम्बरको बस र ना ४० प ७०८२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।