162
चितवन । चितवनमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो ४ः५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना१ज ८४२८ नम्बरको म्याजिकलाई विपरीत दिशाबाट आइरहेको लु२ख ६७३ नम्बरको ट्रकले ठक्कर दिँदा म्याजिकमा सवार चालकसहित चार जना घाइते भएका हुन् ।
घाइतेमध्ये चितवनको इच्छाकामना गाउँपालिका–६ बस्ने ३७ वर्षीया सरीमाया गुरुङको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेमध्ये दुई जनाको मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
previous post