166
पाल्पा। पाल्पामा जंगलमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा ६५ वर्षीय मानबहादुर सिंजालीको मृत्यु भएको छ ।
शनिबार अपरान्ह चार बजे माथागढी गाउँपालिका–४ स्थित दानसिंगा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा सिंटजालीको जलेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।