बुटवल । लायन्स क्लब अफ बुटबल तिनाउको पहिलो स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थापक अध्यक्ष चिरज्जीवी अधिकारीको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा क्लबले एक वर्ष भर गरेका कामहरुको समिक्षा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रीक जिएमटि कोडिनेटर सुनिता श्रेष्ठ बजगाइले लायन्स क्लब अफ बुटबल तिनाउले सामाजिक क्षेत्रमा खेलेको भुमिकाको उच्च सम्मान गदै आगमि दिनमा पनि सामाजिक क्षेत्रमा निरन्तर काम गर्न आग्रह गर्नु भयो ।
बिशिष्ठ अतिथि शोभाखर पोखरेलले लान्यस क्लबहरु बिधि र पद्धतिमा अडिग रहि निरन्तर सामाजिक काममा लागेको बताउनु भयो । कार्यक्रममा सन्दीप कसोधन, लुकराज न्यौपाने, माधब खनाल, एकदेब बस्याललगायतले मन्तव्य राखेका थिए । कृष्ण पोखरेलको संचालन,संस्थापक अध्यक्ष चिरज्जीवी अधिकारीको अध्यक्षयता तथा एकदेब बस्यालकाो स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।
लायन्स बुटवल तिनाउको स्थापना दिवस सम्पन्न
392
previous post


