115
काठमाडौ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार २७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोभिड–१९ का ८५ संक्रमित थपिएका छन् । दुई हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएकोमा ८५ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ ।