218
काठमाडौं। छोरीलाई बुबासँतै राख्ने र बेला बेला आमासँग भेट गराउने सहमतिमा पति–पत्नीले सम्बन्ध विच्छेद गरे । अलग्गै बसिरहेकी आमाले एक दिन जब ६ बर्षीया छोरीलाई भेटिन्, उनको योनीबाट रगत बगिरहेको चाल पाइन् ।
उनले फकाइफुल्याइ सोधिन् । बालिका जन्मजात कान सुन्न सक्दिनन् । बोल्न जान्दिनन् उनले कापीमा चित्र लेखेर आफ्नै बुबाले बलात्कार गरेको खुलाइन् । छोरीलाई लिएर उजुरी दिन आमा प्रहरीकहाँ पुगिन् । प्रहरीले उजुरी लिन मानेन । अस्पतालको रिपोर्टका आधारमा बलात्कार भएको प्रमाणसहित अधिकारकर्मी र सरोकारवालाको निरन्तर दबाबमा बल्ल जाहेरी दर्ता गर्यो ।
previous post