रोटरी कलव अफ बुटवल चौतारीद्वारा टेक्निकल इनिष्च्युटको भवन निर्माण गर्ने

by समतल अनलाइन
Shares

बुटवल। रोटरी कलव अफ बुटवल चौतारीले बुटवल ११ मा टेक्निकल इनिष्च्युटका लागि भवन निर्माण गर्ने भएको छ । नयां भवन निर्माण गर्ने उद्वेश्यले रोटरी क्लव बुटवल चौतारीले शुक्रबार निमार्ण स्थलमा बोर्ड राखेको छ ।
रोटरियन राजेन्द्र ढकालको आतिथ्यतामा क्लबका अध्यक्ष थानेश्वर पाण्डे, विष्णु घिमिरे, उपाध्यक्ष सन्तोष केसी, यमनिधि न्यौपाने, लक्ष्मण कुवंर सत्यवती टोल बिकास संस्थाका अध्यक्ष भिम केसी, विष्णु कापले लगायतको सहभागितामा भवन निर्माणका लागि निर्माण स्थलमा बोर्ड राखिएको छ ।

कार्यक्रम बाेल्दै प्रमुख अतिथि रोटरियन राजेन्द्र ढकालले रोटरी क्लब बुटबल चौतारिले सामाजिक क्षेत्रमा खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । समाजिक क्षेत्रमा काम गर्नकाे लागि निमार्ण गर्न लागियकाे भवन निमार्ण कार्य समयमा सम्पन्न गर्न अाग्राह गर्नु भयाे भवन निमार्णकाे लागि अावश्यक परेकाे सहयोग गर्न तयार रहेकाे बताउनु भयाे । कार्यक्रम क्लवका उपाध्यक्ष सन्ताेष केसिकाे संयाेजक्तवमा भएको थियाे।

 

You may also like