128
सिन्धुपाल्चोक। आफैले पालेको राँगाले हान्दा सिन्धुपाल्चोकमा एक बृद्धको मृत्यु भएको छ । पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्कालाई आफैले पालेको राँगोले हान्दा मृत्यु भएको हो ।
बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको स्थानीयले बताएका छन् ।
previous post