विश्व हिन्दु महासंघ नेपालद्धारा मेचीमहाकाली धर्म एवम् जागरण अभियान कार्यक्रम सम्पन्न

Shares

निरु थापा
बुटवल । विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा रुपन्देहीले राष्ट्यि जनगणना २०७८ जनसचेतना एवंम् मेचीः महाकाली धर्म जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ । विश्व हिन्दु महासंघ नेपाल रुपन्देही शाखा , विश्व हिन्दु महासंघ महिला समिति, विश्व हिन्दु महासंघ युवा समिति, विश्व हिन्दु महासंघ बुटवल उप नगर समिति, तिलोत्तमा नगर समिति र देवदह नगर समितिको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । मेचीमहाकाली धर्म जागरण अभियानमा कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघ नेपाल का केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता वेन बहादुर पौडेल क्षेत्रीले अबको मेचीमहाकाली धर्म जागरण अभियानमा प्रत्येक घर , घर , बस्ती बस्ती र टोल टोल बाट सफल पार्न आग्रह गदै मठ मन्दिरमा घण्टी बजाउदैमा धर्म संस्कार को संरक्षण गर्न नसकिने बताउनु भयो ।

२०६८ सालको जनगणनामा ८२ प्रतिशत रहेको हिन्दु धर्मलाई अहिलेको जनगणमा हिन्दुव्वलाई कसरी कम गर्न सकिन्छ भन्ने षडयन्त्र भएको भन्दै अबको जनगणनामा सचेत हुनुपर्नेमा जोड दिनु भयो । उहाँले कार्यक्रममा बोल्दै विश्व हिन्दु महासंघ ले विभिन्न धार्मिक संगठनलाई एकीकृत गराएर निर्धक्क साथ जनगणमा हिन्दुव्व भन्न सक्नुपर्नेमा जोड दिनु भयो ।

यस्तै कार्यक्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले मेचिमहाकाली अभियानमा यात्रा गर्नु भएका सम्पूर्णलाई धन्यवाद दिदै हिन्दु धर्मको नाममा अन्य धर्महरु प्रति गरेको विचलन नहोस भन्ने सचेतना कार्यक्रम गरिएको बताउनु भयो । अहिले नेपाल धर्मनिपेक्षता रहेको बताउदै आगामी दिनमा नेपाललाई धर्मसापेक्ष हुनुपर्छ भन्ने अभियान लागेको बताउदै धर्म विना राष्ट् हुन नसक्ने बताउनु भयो । यस्तै विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष शंकर खरेलले जनगणनामा हिन्दुहरुलाई कम देखाउने प्रयास गरिएको बताउदै अगामी दिनमा हिन्दु धर्म रक्षाका लागि अब कुटनीतिक रुपमा अगाडि बढन आवश्यक रहेको बताउनु भयो । उहाँले हिन्दुव्व लाई विभिन्न बहानामा टुटाउने र फुटाउने काम भएको र त्यसका लागि हरेक नागरिककले आ आफनो तर्फ बाट सचेत हुन आवश्यक रहेकोमा जोड निदु भयो ।

कार्यक्रममा विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता, केन्द्रिय वरिष्ट उपाध्यक्ष वेन बहादुर पौडेल क्षेत्रीको प्रमुख आतिथ्यता, केन्द्रिय सल्लाकार भोलानाथ योगी , केन्द्यि उपाध्यक्ष शंकर खरेलको विशिष्ट आतिथ्यता, दधिराम बस्याल, डा बाबुराम ज्ञवाली , नरिश्वर पौडेल, भीमकान्त पन्थी , केन्द्रिय सदस्य दिपक थापा को शुभकामना विश्व हिन्दु महासंघ महिला समितिका अध्यक्ष अम्विका पौडेल क्षेत्रीको स्वागत र कार्यालय सचिव उर्मिला श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

You may also like

This will close in 0 seconds