164
गुल्मी । गुल्मेली समाज जापान द्वारा लिम्घा र ठुलो लुम्पेकका पहिरो पिडितहरुको घर निर्माणका लागि १० लाख सहयोग गरेको छ। जापानमा रहेका गुल्मेलीहरुको
अभियानमा उक्त रकम संकलन गरिएको बताइएको छ। विदेशमा रहेतापनि गाऊँ ,ज़िल्ला र देशमा आइ परेका बिपदहरूमा गुल्मेली समाज जापान सधैव क्रियाशील रहेको समाजका अध्यक्ष शालिकराम भण्डारीले बताए। नेपालमा भुकम्प आगलागी जस्ता प्राकृतिक बिपत्तिको समयमा सक्रिय भएर लागेको छ। रूद्रबेनिमा आश्रममा कोठा थाप्ने कार्यदेखी जापान तथा नेपालमा पनि बिरामी भएकाहरूलाई आर्थिक सहयोग गर्दै आईरहेको उनले बताए । जापानमा रहेरपनि मन आफु जन्मेको गाऊँ घर र देशप्रति रहने उनको भनाई छ । एक कार्यक्रमका बीच गाउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई सो सहयोग रकम हस्तान्तरण गरिएको थियो।