205
			
		
		
			
            
				            
			
			        
    पर्सा । पर्साको वीरगञ्जबाट प्रहरीले लागु औषधसहित शिव नेपालीलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा गाउँबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
धादिङको निलकण्ठ नगरपालिका–८ घर भएका नेपालीको साथबाट प्रहरीले डाईजेपाम ६३ एम्पुल, नुफ्रिन ६२ एम्पुल र प्रोमाथाईजिन ६३ एम्पुल बरामद गरेको छ । उनीविरुद्ध प्रहरीले लागु औषध नियन्त्रण ऐन अनुसार अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।
			        

												
														

