154
काठमाडौं। दुई दिने राजकीय भ्रमणको सिलसिलामा निस्किेकी राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको ढाका पुगेकी छिन् । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणमा बंगलादेश भ्रमणमा गएकी हुन् ।
बंगलादेश स्वतन्त्र भएको ५० वर्ष पुगेको तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यहाँ गएकी हुन् ।
ढाकास्थित हज्रात शारजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा भण्डारीलाई बंगलादेशी राष्ट्रपति हमिदले स्वागत गरे । सो क्रममा उनलाई २१ तोपको सलामीद्वारा सम्मान गरिएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।