लुम्बिनी वाणिज्यमा नैतिकता, संचार र अन्तरवैक्तिक सिप सम्बन्धी तालिम सम्पन्न

by समतल अनलाइन
Shares

मोहन पौडेल
बुटवल । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पसमा कार्यरत कर्मचारिहरुका लागि आयोजित नैतिकता, सञ्चार अन्तरवैक्तिक सिप सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।

अनुसन्धान तथा विकास विभाग लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा भएको तालिमको उद्घाटन सत्रमा बोल्दै क्याम्पस प्रमुख प्रा। डा। तारा प्रसाद उपाध्यायले क्याम्पसले राष्ट्रमै उत्कृष्टताको ताज पहिरिनुमा कर्मचारी वर्गको योगदानको प्रशंसा गर्दै कतिपय कुराहरु प्रभावकारी रुपमा सञ्चार नहुदा पनि समस्या आउनसक्ने बताउदै यस्ता विषयमा सजग रहनका लागि पनि यस प्रकारको तालिमले सहयोग पु¥याउने कुरा बताए ।

साथै प्रभावकारि सञ्चार र अन्तरवैक्तिक सिपको थप ज्ञानले सकारात्मक सन्देश फैलाउन र कार्यसम्पादनमा पनि थप सकारात्मक प्रभाव पार्न सहयोग पुग्ने आशा व्यक्त गरे ।

क्याम्पसमा कार्यरत २४ जना कर्मचारीहरुको सहभागिता रहेको तालिममा स्रोत व्यक्ति त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेण्ट अफ म्यानेजमेण्टका सहायक प्राध्यापक फुल प्रसाद सुवेदीले तनाव व्यवस्थापन, कार्यसम्पादको क्रममा प्रवाह गर्नुपर्ने मुस्कान र धैर्यता सहितको सेवा, प्रभावकारि सञ्चार लगायतको बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको सञ्चालन अनुसन्धान तथा विकास विभाग प्रमुख प्रा. डा. कृष्ण भट्टराईले गरेका थिए भने तालिमको समापन समारोहमा सहायक क्याम्पस प्रमुख सह प्राध्यापक विष्णु जोशि, कर्मचारी संघ अध्यक्ष लक्ष्मी पोखरेल, सहायक प्रशासक कपिलदेव गौतम, सहायक प्रशासक सविता शाक्य लगायतले बोलेका थिए ।

You may also like

This will close in 0 seconds