247
झापा। झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–८ का २३ वर्षीय नीरन बस्नेत र २४ वर्षीय अनिष कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने दमक ४ मा प्रदेश–१–०२–००१ क १०८२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश–१–०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

कोइरालाको घटनास्थलमै र बस्नेतको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि टिपर चालक ४९ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।