151
काठमाडौं । काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्ती एक महिलाको हत्या भएको छ ।
सोमबार साँझ बल्खु पुल नजिकैको बस्तीमा हत्या गरेर बोरामा पोको पारेको अवस्थामा सन्तोषी श्रेष्ठ सापकोटाको शव भेटिएको प्रहरीले जनाएको छ । जोरपाटी माइती भएकी ३३ वर्षीय सन्तोषी परिवारसँग बल्खुमा बस्दै आएकी थिइन् ।
उनी बस्ने घरको पछाडि पेटीबाट शव बरामद गरिएको छ । ह्यामरले हिर्काएर उनको हत्या गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका एक प्रहरी अधिकृतले जानकारी दिए । पति सन्तोष सापकोटासँग उनको पछिल्लो समय विवाद बढेको थियो । छिमेकीका अनुसार श्रीमानसँग उनले डिभोर्स मागेकी थिइन् ।