193
बुटवल । बुटवल मिलनचोकमा रहेको दियालो फूडल्याण्ड रेष्टुरेण्टमा गएराती करिब साढे एक बजे आगालागी भएको छ ।
आगलागिबाट रेष्टुरेण्ट सेक्टरको माथिल्लो तला पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा क्षतिपुगेको छैन । आगलागिबाट करिब डेढ करोड भन्दा बढिको क्षति भएको दियालो फुडल्याण्डका प्रबन्धक मदन भण्डारीले बताए ।
बुटवल उपमहानगरपालिकाको दमकलको सहायतामा करिब ३ घण्टा पछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बुटवलले जानकारी दिएको छ । आगो कसरी लाग्यो त्यसको बारेमा थप अनुसन्धान भइरहेको र क्षतिको बारेमा थप विवरण आउन बाकी रहेकाे प्रहरीले जनाएको छ ।
