144
काठमाडौँ।भारतमा १ करोड १२ लाख ६१ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ १६ हजार ८४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १२ लाख ६१ हजार ४७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ११३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५८ हजार ७९ पुगेको हो ।