कोभिड–१९ विरुद्धको खोप अभियान सत्यवती गाउँपालिका गुल्मीमा सुरु हुदै, अभियान सफल पार्न गाउँबासिलाई आग्रह

Shares

सुरेश थापा
गुल्मी । दोस्रो चरणको खोप अभियान जेष्ठ नागरीक सहित ५५ वर्ष माथिका र यस गाउँपालिका मा कार्यरत शिक्षक समेतलाई खोप लगाउने गरी कार्ययोजना तयार गरिएको गाउँपालिका स्वास्थ्य कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्ष पारिश्वर ढकालको अध्यक्षतामा संचालन भएको बैठकले फागुन २३ गतेबाट सुरु हुने खोप अभियान सफल पार्न आठै वडाको वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंम सेविका, स्वास्थ्य कर्मी लगायतको सकृयता बढाउदै व्यापक प्रचार प्रसार गर्न जोड दिइएको छ ।

स्वास्थ्य केन्द्रको पहुच पुगेका वडाका लागि संम्वन्धित वडा बाट र पौच नपुगेका नागरीककालागी पायकपर्ने अन्य वडाबाट समेत खोप सेवा प्रदान गर्ने निर्णय सो बैठकले गरेको छ ।

अभियानमा ४३३७ जनालाई खोप लगाउने लक्षरहेको जानकारी गराईएको थियो । स्वास्थ्य शाखा प्रमुख सूर्य बहादुर राना, गाउँपालिका उपाध्यक्ष शुवर्ण शाहि शेर्चन, प्रमुख प्रसासकीय अधिकृत झविश्वर रेग्मी, सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य होम भुजेल, इलाका प्रहरी कार्यालय जोहाङ्गका प्रमुख लक्ष्मण वि.क., प्रत्रकार, बजार व्यवस्थापन समिति अध्यक्ष सिद्धिमान श्रेष्ठ, रेडक्रसका प्रतिनिधि विष्णुप्रसाद भण्डारी लगायतको सहभागीता रहेको थियो ।

You may also like

This will close in 0 seconds