बुटवल।शहिद यादवनाथ आलोकको स्मृतिमा नेपाल तरुण दल, तिलोत्तमा नगर समितिले फुटसल प्रतियोगिता गर्ने भएको छ । एक वर्षअघि घोषणा गरेको भएपनि कोभिड १९ संक्रमणका कारण स्थगित भएको प्रतियोगिता यो वर्ष संचालन गरिने भएको हो । बुधबार पत्रकार सम्मेलन गरि विहिबारदेखि शुरु हुने प्रतियोगिताको तयारी पुरा भएको नेपाल तरुण दल, तिलोत्तमा नगरका अध्यक्ष खिम बहादुर क्षेत्रीले बताए। प्रतियोगिता आयोजना गर्न स्थानिय समाजसेवी र संघसंस्थाहरुबाट सहयोग मिलेको उनले बताए । गतवर्ष नै रोकिएको प्रतियोगिता यो वर्ष फागुन २२ गते स्मृति दिवस पारेर युवाहरुको भातृत्व र एकतासंगै शहिदको स्मृति हुने रुपमा गर्न लागेको उनले बताए।
कार्यक्रममा नेपाली काग्रेसका नेता रामचन्द्र ढकालले ०४६ सालको नेपाली राजनितिमा सुर्यपुरा काण्डले ठुलो हलचल ल्याएको दाबी गरे ।
कार्यक्रममा पत्रकार खिमानन्द भट्टराईले राजनितिक परिवर्तनमा योगदान दिएको नेपाली काग्रेस र यसका योद्धाहरुको ईतिहास बताउने गरि पुस्तक तयार गर्न सुझाव दिए ।
कार्यक्रममा सहिद परिवारकी बिना न्यौपाने, नेपाल तरुण दलका पुर्व जिल्ला सभापति चिरञ्जीवी पौडेल, सचिव होम पौडेल, नेपाल तरुण दल जिल्ला कोषाध्यक्ष बासु बश्याल, एन्फा रुपन्देहीका महासचिव लोक पुनले प्रतियोगितालाई गोल्डकपका रुपमा निरन्तरता दिन सुझाव दिए ।
फागुन २० गतेदेखि ३ दिनसम्म संचालन हुने प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका तरुण टिमहरुले भाग लिने खेल संयोजक अर्जुन क्षेत्रीले बताए। प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । विधागत रुपमा समेत सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्सलाई पुरस्कृत गरिने उनले बताए ।
यसैबिच पत्रकार र आयोजक बिच मैत्रीपुर्ण प्रतियोगिता समेत आयोजना गर्ने उनले बताए । विहिबार विहान ९ बजे प्रतियोगिता शुरु हुने छ । एक कार्यक्रमका बिच लुम्बिनी एग्रो ईण्डट्रिजका कुमार दुवेले प्रथम पुरस्कार ३० हजार रुपैया हस्तान्तरण गरेका छन।
यादवनाथ आलोकको स्मृतिमा फुटसल
81
previous post