बुटवल। एशियाली टेबलटेनिस युनियन र अन्तर्राष्ट्रिय टेबलटेनिस फेड्रेसनको आर्थिक सहयोगमा अखिल नेपाल टेबलटेनिस संघको पहलमा रुपन्देही जिल्ला टेबलटेनिस संघ को आयोजनामा बुटवलमा एक हप्ते अन्तर्राष्ट्रिय टेबलटेनिस प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको छ।
प्रशिक्षण का लागि एक विदेशी र तीन नेपाली प्रशिक्षकले प्रशिक्षण गरेका थिए।विदेशी प्रशिक्षक अन्सुल गर्ज,सन्ध्या शाक्य,राजेन्द्र श्रेष्ठ र महेश खनालले प्रशिक्षण गराएका थिए।

टेबलटेनिस संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र कुमार शाक्यको अध्यक्षता,राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिलवालको प्रमुख आतिथ्यता,नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्धराज वैधको विशिष्ट आतिथ्यता,बुटवल उपमहानगरपालिका का नगर खेल विकास समितिका अध्यक्ष नन्दु काउचा,टेबलटेनिस का केन्द्रिय उपाध्यक्ष धर्ममान बज्राचार्य ,महेन्द्र लिगल,को उपस्थिति मा कार्यक्रम संयोजक नर बहादुर क्षेत्रीले गर्नु भयो भने कार्यक्रम को सन्चालन सचीव महेश खनालले गरेका थिए ।