116
झापा। गृह नगर झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याएर सिंहदरबार फर्किने दावी गरेका छन् ।
आज (मंगलबार) झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्दै उनले भने, ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’