121
नवलपरासी । महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते छन् ।
सोमबार राति साढे १२ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा पोखराका खिमबहादुर विक र मकवानपुरका राजकुमार न्यौपाने रहेको इलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ । उनीहरूको डन्डास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको हो ।
previous post