115
सुनसरी । सुनसरीको इटहरीमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । नहरको डिलमा लुगा धुने क्रममा डुबेर इटहरी उपमहानगरपालिका–१८ का ४५ वर्षीय प्रेम चौधरीको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै बाराको निजगढ नगरपालिका–८ ठाडोलाइनमा एक चार वर्षीय बालकको धाराको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको छ । स्थानीय सरोजकुमार लामाका चार वर्षीय छोरा अदबिक लामाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
previous post