गोबिन्द भुसाल
बुटवल। मदाने गाउपालिका वार्ड नम्बर २ बाँझकटेरीमा रहेको बाँझकटेरी स्वास्थ्य चौकि मा फागुन २२ गते नि:शुल्क परिवार नियोजनको स्थायि बन्ध्याकरण सिविर सञ्चालन हुने भएको छ।
“व्यवस्थित परिवारः स्वास्थ्य र विकासको आधार,यसलाई पार्छ परिवार नियोजनले साकार ।” भन्ने मुल नाराको साथ स्वास्थ्य कार्यलय गुल्मीको आयोजना,स्थानीय तहको समन्वय र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको प्राविधिक सहयोगमा गुल्मी जिल्लाको विभिन्न स्थानमा वृहत घुम्ति शिविर सञ्चालन भईरहेको छ ।

निःशुल्क परिवार नियोजनको स्थायी बन्ध्याकरणमध्ये पुरुषका लागि भ्यासेक्टोमी र महिलाको लागि मिनिल्यापको साथै लामो जन्मान्तरको लागि इम्पलान्ट र आइ.यु.सि.डी. सम्बन्धी परिवार नियोजनको घुम्ति शिविरमा अनुभवी चिकित्सक सहितको टोलीले विशेषज्ञ सेवा दिइरहेको कुरा स्वास्थ्य कार्यलय,गुल्मीका परिवार नियोजन सुपरभाइजर गोपाल वहादुर कार्कीले जानकारी दिनुभयो ।
मातृ तथा वाल स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याई जिवनको गुणस्तरियतालाई सुदृढिकरण गर्नका लागि निशुल्क परिवार नियोजनको स्थायि बन्ध्याकरण सिविर सञ्चालन गरिएको कुरा बाझकटेरि स्वास्थ्य चौकि का इंचार्ज घन बहादुर थापा मगरले बताउनुभयो।
त्यस्तै उहाले नचाहेको गर्भ रहनवाट जोगाउने, जन्मान्तरलाई वढाई आमा र वच्चाको स्वास्थ्यलाई राम्रो बनाउने र सुखी अनि सरल जीवन जिउन सहयोग पुर्याउने उद्देश्य रहेको समेत बताउनुभयो।