बुटवल।बुटवल उद्योग बाणिज्य संघको भोलि चुनाव हुने भएको छ । बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा बर्तमान बरिष्ठ उपादक्ष्य उज्वल कसजु र हरि प्रसाद अर्यालको उम्मेददारी रहेको छ ।
भोलि ११ बजेबाट चुनाव हुने बताइएको छ । संघको मतदाता संख्या १६१३ जना रहेका छन् ।
संघको कोषाध्यक्षमा नविन श्रेष्ठ र भेषराज गैरे मैदानमा छन् भने सचिव पदमा भने ४ जनाको उम्मेदवारी परेको छ । सचिवमा बाबुराम विक, बसन्तप्रसाद ढकाल, मुक्तिप्रसाद अधिकारी र सुर्यप्रसाद पराजुली मैदानमा छन् । खुल्लातर्फको ७ जना सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ ।
खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, गणेशचन्द्र पोखरेल, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ कुलप्रसाद, माधवप्रसाद भुसाल, मोह्मद जमिल खान, सवर मिया, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको हो ।
त्यस्तै महिला तर्फको २ सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ ।महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । संघको २४ औं अधिवेशन अन्तरगत यहि फागुनको ७ गतेदेखि सुरु भएको निर्वाचन कार्यतालिका अनुसार हिजो मंगलबार उम्मेदवारी मनोनयन भएको हो।
त्यस्तै निर्वाचन प्रकृयामा एकल मनोनयन भएपछि संघको वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ,उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे,बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल र महासचिवमा बिमलराज भट्टराई बिजयी भैसकेका छन् ।
एशोसियट सदस्यमा आनन्दप्रसाद वझा , ४ जना बाणिज्य सदस्यमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल बिजयी भए भने ४ जना रहने उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय कलवार जयसवाल बिजयी भए । पुरुषोत्तमभक्त प्रधानाङ्गले उम्मेद्वारी फिर्ता लिए ।




