93
गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा बुहारीले ससुराको हत्या गरेकी छन् । रुरु क्षेत्र गाउँपालिका ३ थानपतिकी ४२ वर्षीया मनकला ज्ञवालीले ८७ वर्षीया नन्दलाल ज्ञवालीको हत्या गरेकी हुन् ।
ज्ञवालीले मादक पदार्थ सेवन गरेर ससुरालाई भित्तामा ठोक्काएर हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ ।

आरोपितले फागुन ८ गते राति ससुराको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए । घटनामा संलग्नलाई आइतबार पक्राउ गरी अदालतबाट म्याद गरिएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ज्ञवालीलाई सार्वजनिक गरेको छ ।