137
गोरखा। गोरखाको बारपाक सुलीकोट गाउँपालिमा एकै घरका तीन जना सुतेकै ठाउँमा मृत्त भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ को धामीटोलको एक घरका तीन जना मंगलबार बिहान मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय जौबारीका प्रहरी निरीक्षक ईश्वर लौडारीका अनुसार एक जना वृद्ध, उनकी बुहारी र अर्की एक बालिका (छोरीकी छोरी) मृत अवस्थामा भेटिएका हुन् । बिहान ढिलासम्म घरको ढोका नखुलेपछि अर्को घरमा बस्दै आएकी बुहारीले ढोका खोलेर हेर्दा तीनै जना मृत्त भेटिएको स्थानीयलाई उद्धृत गर्दै लौडारीले जानकारी दिए ।