136
बुटवल । उद्योग बाणिज्य संघ रुपन्देहीमा रक्तदान भएको छ । संघको ६८ औं स्थापना दिवसको अवसरमा आईतबार संघको सचिवालय परिषर बालमन्दिरमा रक्तदान गरिएको हो । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको २०१० साल फागुन १० स्थापना भएको थियो ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको संघले जनाएको छ ।
रक्तदान कार्यक्रमको सुभारम्भ गर्दै संघका अध्यक्ष खिमबहादुर हमालले संघले स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । कार्यसमिति सदस्य भेषराज गैरहेको संयोजकत्वमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरु तथा साधारण सदस्य उद्योगी व्यबसायीहरुको सहभागिता रहेको थियो ।
previous post