111
बुटवल । बुटवल उद्योग बाणिज्य संघकाे अध्यक्षमा बाणिज्य उपाध्यक्ष हरि प्रसाद अर्यालले दाबी गर्नु भएकाे छ । बुटवल उद्योग बाणिज्य संघमा कार्यसमिति सदस्य हुदै महासचिव र बाणिज्य उपाध्यक्षकाे जिम्मेवारी निर्वाह गरि सक्नु भएका अर्यालले पत्रकार सम्मेलनकाे आयाेजना गरि आफ्नो उम्मेदवारी घाेषणा गर्नु भएकाे हाे ।
पत्रकार सम्मेलनमा आफ्नो उम्मेदवारी घाेषणा गर्दै अर्यालले आफ्नो नेतृत्वमा संघलाई गतिशील, ब्यवसाय मैत्री, ब्यवसायीक सुरक्षामा कृयाशिल रहने प्रतिवद्धता जनाउनु भयाे । अर्यालले आफ्नो उम्मेदवारी घाेषणा गरेपनि आफ्नो समुहका अन्यकाे नाम भने खुलाउनु भएन ।