74
काठमाडौं । इरानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।
देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पका कारण भौतिक संरचनाहरूमा समेत ठूलो क्षति पुगेको छ । घर तथा भवन, सडकलगायतका संरचनाहरू भत्किएका छन् भने विद्युत, सञ्चार र पानी वितरणसम्वन्धी सञ्जालमा पनि क्षति पुगेको छ ।

भूकम्पले पुर्याएको सवै क्षतिको विवरण भने संकलनको क्रममा रहेको अधिकारीहरूले जानकारी दिएका छन् । एजेन्सी