124
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आउँदो भदौमा गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुने भएको छ । यद्यपि यो मितिमा १०–१५ दिन तलमाथि हुनसक्ने नेताहरुले जानकारी दिएका छन् ।
पाँच वर्षमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानअनुसार ६ महिना म्याद थपका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकका लागि सानेपा पुगेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छलफल भए पनि सहमति हुन सकेको छैन ।