150
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ७९६ पुगेको छ ।