130
काठमाडौं । चीनले मंगल ग्रहको लागि प्रक्षेपण गरेको अन्तरिक्ष यान सफलतापूर्वक मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ ।तियानवेन–१ नामको उक्त अन्तरिक्ष यान हिजो मंगल ग्रहको कक्षमा प्रवेश गरेको चीनको राष्ट्रिय अन्तरिक्ष केन्द्रले जनाएको छ । यो यान अन्तरिक्षमा सात महिना लामो यात्रा गरेपछि मंगल ग्रहको कक्षमा पुगेको हो । अब छिट्टै मंगलको सतहमा अवतरणको प्रयास भइरहेको छ ।
चीनको यो मंगल मिसनमा एउटा अर्बीटर, एउटा ल्याण्डर र एउटा ६ पांग्रे रोभर रहेको छ । अर्बीटरले मंगल ग्रहको कक्षमा रहेर पृथ्वी र मंगल ग्रहमा अवतरण गर्ने यानसँग समन्वय गर्नेछ । यसैगरी रोभरले मंगल ग्रहको सतहमा पुगेर तथ्यांक र नमुना संकलन गर्नेछ । चीनको यो मंगल सिमनलाई अमेरिकासँगको अन्तरिक्ष टकरावको रुपमा हेरिएको छ ।