म्यानमारका सेना प्रमुखका परिवारलाई नै अमेरिकाले लगायो प्रतिबन्ध

by समतल अनलाइन
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले म्यानमारमा सैन्य कू गर्ने सैन्य नेतृत्वविरुद्ध कारवाही गरिरहेको जानकारी दिएका छन् ।म्यानमारका सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकाले म्यानमारको अमेरिकास्थित कोषलाई फ्रिज गर्न लागेको जानकारी दिएका छन् । बाइडेनले भने, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु जसले सैन्य कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू गर्छ । उनीहरुको व्यापारिक हित र नजिकका आफन्त पनि प्रतिबन्धको दायरामा आउने छन् ।

राष्ट्रपति बाइडेनका अनुसार अमेरिकाले यो हप्ता प्रतिबन्धको पहिलो चरणमा ती व्यक्तिलाई चिन्हित गर्नेछ जसमाथि प्रतिबन्ध लगाइनेछ । राष्ट्रपतिले यो पनि भनेका छन् कि अमेरिकाले म्यानमारका लागि कडा निर्यात नियन्त्रण लागू गर्नेछ र आवश्यकता परे अतिरिक्त प्रतिबन्ध लगाउनका लागि पनि तयार छन् ।

राष्ट्रपति बाइडेनले भने, ‘म आज पुनः एकपटक बर्माको सेनासँग आङ सान सूची र विन मिन्त समेत लोकतान्त्रिक राजनीतिक बन्दी र कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग गर्छु ।’ उनले थपे, ‘सेनाले सत्ता छोड्नै पर्छ ।’

राष्ट्रपति बाइडेनका अनुसार उनको प्रशासनले अमेरिकामा राखिएको म्यानमारको एक अर्ब डलर फन्ड फ्रिज गर्ने तयारीमा छ । एजेन्सी

You may also like

This will close in 0 seconds